लगातारकाे रेकर्ड ब्रेक गर्दै शेयर बजारमा गिरावट

लगातारकाे रेकर्ड ब्रेक गर्दै शेयर बजारमा गिरावट

काठमाडौं :   साताको अन्तिम दिन शेयर बजारमा गिरावट आएको  छ । नेप्से परिसूचक १५.५७ अंकले घटेसँगै सेयर बजारले लगातारकाे रेकर्ड ब्रेक गर्दै ओरालो यात्रा तय गरेको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।

बिहिबार नेप्से परिसूचक १५.५७ अंकले घटेर २०५५.४५ अंकमा पुगेको छ नेप्से ०.७५ प्रतिशले घटेको हो यस्तै सेन्सेटिभ परिसूचक पनि ३.७६ अंकले घटेर ३९२.२९ अंकमा पुगेको छ । कुल २ सय वटा कम्पनीको 1 करोड ५८ लाख ८९ हजार ५६० कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज २ वटा उपसमूहकाे मात्र सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *