ओली सरकार बिरुद्ध सर्वोच्चमा रिट

ओली सरकार बिरुद्ध सर्वोच्चमा रिट

जितेन्द्र प्रसाद सोनाल प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री हुन्।सोनालले केपी शर्मा ओली सरकारबिरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी पाउँ भनी रिट दायर गरेका छन् । ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारको अधिकार हनन र कटौती गरेर संघीयताको मर्म विपरित कार्य गरेकाले उत्प्रेषण आदेश पाउँ भनेर भर्खरै रिट दायर गरेको जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री सोनालले बताए।

प्रदेश नं. २ सरकारले संघीय सरकारको शैलीबिरुद्ध पटक–पटक असहमति राख्दै आएको छ । ओली सरकारबिरुद्ध रिट दायर गर्ने सोनाल २०७४ मंसिरमा भएको निर्वाचनमा बारा क्षेत्र नं ४ अन्र्तगत प्रदेश सभा क्षेत्र नं. २ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट निर्वाचित भएका थिए ।

ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगरेको आरोप प्रदेश सरकारहरुको लगाउँदै आएका छन् ।

Leave a Reply