सुतिरहेको अवास्थामा आमाछोरीको मृत्यु , श्रीमान भने अचेत

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी बसोबास भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिएका छन् ।

शेपाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए । दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको छ।

घटनाको प्रारम्भिक अवस्था हेर्दा राति सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ ।
किराना पसल सञ्चालन गर्दै आएका शेर्पा परिवार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

डीएसपी नवीन कार्कीका अनुससार ‘राति सुत्दा उनीहरूले हिटर बालेका रहेछन्, कोठामा भेन्टिलेटर पनि रहेन छ । झ्याल ढोका सबै बन्द गरेर सुतेका रहेछन् । घटनाको प्रारम्भिक अवस्था हेर्दा उनीहरुको निस्सासिएर मृत्यु भएको हुन सक्छ । तर पनि यही कारणले मृत्यु भएको हो भनेर भन्न सक्ने अवस्था भने छैन।’ दुवै जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको छ।

Leave a Reply