जन्ती सवार गाडी दु’र्घटना: बेहुला बेहुलीसहित १३ जना घाइते

जन्ती सवार गाडी दु’र्घटना: बेहुला बेहुलीसहित १३ जना घाइते

धनगढी: जन्ती सवार गाडी दु’र्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् । बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नं को उक्त गाडी डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा  दु’र्घटना भएकाे हाे  ।

सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घा’इते हुनुभएको छ । बेहुलाको टाउकोमा र बेहुलीको हातमा चो’ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनभयो ।

घाइतेमध्ये दुई जनाको अवस्था ग’म्भीर छ । कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ ।

Leave a Reply