दिनप्रतिदिन बढ्दै सेयर बजारमा आकर्षण, लगानीकर्ता २२ लाख पुगे

दिनप्रतिदिन बढ्दै सेयर बजारमा आकर्षण, लगानीकर्ता २२ लाख पुगे

काठमाण्डौ : नेपालको पूँजीबजारमा लगानीकर्ताको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

हालसम्म पूँजीबजारमा २२ लाख लगानीकर्ता पुगेका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेडकाअनुसार आज(मंगलबार)सम्म डिम्याट खाता खोल्नेको संख्या २१ लाख ९९ हजार ६७ पुगेको छ  । जुन नेपालको कुल जनसंख्याको ७.३३ प्रतिशत हुन आउँछ ।

प्राथमिक बजार देशभरका ७७ जिल्लामा पुगेको छ भने विद्युतीय माध्यमबाटै प्राथमिक बजार(आइपीओ)मा प्रवेश गर्ने लहर नै चलेको छ । योसँगै दोश्रो बजारमा पछिल्लो समय बुलिस ट्रेण्ड सुरु भएकोले पनि आगामी दिनमा यो संख्या अझै बढ्ने जानकारहरु बताउँछन् ।

हाल प्राथमिक बजार मात्रै नभई नेप्सेको पूर्ण अनलाइन प्रणालीले समेत देशभरका ७७ जिल्लामै दोस्रो बजारसम्मको सहज पहुँच पुगेको नेप्सेले जनाएको छ ।

देशभर रहेका ७६ डीपी कम्पनीहरु र ६४ बैंक तथा वित्तीय संस्थाहरु सिआस्वामा दर्ता भएकाले देशभरका शाखाहरुबाट डिम्याट खाता खोल्ने र पछिल्लो समयमा केही डीपीहरुले अनलाइनबाटै डिम्याट खोल्ने सुविधाले समेत बजारको दायरा र आकार दिनानुदिन बढिरहेको छ । नेपालको सेयर बजार हाल प्रवासी नेपालीहरुसम्म विश्वका कुनाकाप्चासम्म पनि पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *