स्थायी समिति बैठकमा उपस्थित नभएपछि ओलीलाई तीन दिनको अल्टिमेटम

स्थायी समिति बैठकमा उपस्थित नभएपछि ओलीलाई तीन दिनको अल्टिमेटम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पूर्वनिर्धारित स्थायी समिति बैठक सरेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागिता नभएपछि मंसिर १८  गतेका लागि तय भएको स्थायी समिति बैठक सरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बुधबारको बैठकमा ओली सहभागी नभएको बताए । उनको बैठकमा सहभागी हुने प्रतिवद्धता अनुसार नै बुधबार १ बजेका लागि तय गरिएको सचिवालय बैठक २ बजेका लागि सारिएको थियो । उक्त बैठकमा पनि ओली नआएपछि सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको हो । १८ गतेको स्थायी समिति बैठक सारेर मंसिर २१ गतेलाई तय भएको पनि श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

आजको बैठकले पार्टीमा देखापरेको संकट र विद्यमान समस्या समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक, उपयुक्त र उचित हुने निष्कर्षका लागि २० गतेको बैठकमा अनिवार्य उपस्थिपतिको अपेक्षासहित उपस्थित हुन अनुरोध गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए । ओलीले प्रचण्डले कात्तिक २८ गते ल्याएको प्रस्ताव फिर्ता हुनुपर्ने माग राख्दै आएका छन् भने प्रचण्डसहितका बहुमत सचिवालय सदस्यले भने ओली छलफलबाट भाग्ने गरेको आरोप लगाउँदै आएका छन् ।

बुधाबार बोलाइएको नेकपाको सचिवालयको  बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएपछि प्रचण्ड-नेपाल सहितका नेताहरुले आ’क्रोश पोखेका छन्  । बैठकमा  वरिष्ठ नेता झलनाथ खनालले ओली बैठकबाट भागेर गल्ती गरेको भन्दै अब चुप लाग्न नहुने धारणा राखेका थिए । उनले ३ दिन ओलीलाई अल्टिमेटम दिने र त्यसपछि पनि बैठक छल्न खोले आवश्यक निर्णय गर्नुपर्ने धारणा राखे । सोही अनुसार ३ दिनको अल्टिमेटम दिइएको एक सचिवालय नेताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *