कांग्रेस वरिष्ठ नेता पौडेल प्रहरी हिरासतमा

कांग्रेस वरिष्ठ नेता पौडेल प्रहरी हिरासतमा

प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नि’यन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्न भनि पुगेका पौडेललाई कार्यकर्तासहित् प्रहरीले नि’यन्त्रणमा लिएको हो ।

पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत् आफू र तनहुँ जिल्ला कार्यवाहक सभापति जित प्रकास आलेलाई हि’रासतमा लिएको जानकारी दिएका छन् । उनले लेखेका छन् ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्’

बुधबार पौडेलको पुल उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि जिल्ला प्रशासन कार्यालयले कोरोना म’हामारीका कारण धेरै मानिस भेला हुनु उपयुक्त नहुने भन्दै पुल उद्घाटन स्थगित गर्न अनुरोध गरेको थियो । र सो क्षेत्रमा नि’षेधाज्ञा घोषणा गरेको थियो ।

नि’षेधित क्षेत्र तोड्न खोजेकाले पौडेललाई नि’यन्त्रणमा लिइएको डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

Leave a Reply