फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोनाविरूद्धको खोप प्रयोग गर्न अनुमति

फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोनाविरूद्धको खोप प्रयोग गर्न अनुमति

फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको खोप आम प्रयोगका लागि अनुमति दिने बेलायत पहिलो राष्ट्र बनेको छ।

बुधबार मेडिसिन एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)ले कोरोना भाइरसविरूद्ध ९५ प्रतिशत प्रभावकारी भएको र प्रयोग गर्न अनुमति दिएको हो। उच्च जोखिममा रहेका समुहहरूलाई खोप दिने काम केही दिनमा सुरू गरिने बिबिसीले जनाएको छ।

बेलायत सरकारले खोपको ४ करोड डोज अर्डर गरेको छ। दुई डोज लगाउनु पर्ने उक्त खोप २ करोड बेलायतीलाई पुग्नेछ। सुरुवाती केही दिनमै १ करोड डोज उपलब्ध हुनेछ। फाइजरले अहिलेसम्मकै छोटो समयमा खोप बनाएको हो।

फाइजरले अमेरिका र युरोपियन युनियनका अरू मुलुकमा पनि अनुमतिका लागि निवेदन दिएको छ।

Leave a Reply