माउन्टेन इनर्जीको आईपीओ बाँडफाँड, ४ लाख बढीको हात रित्तो

माउन्टेन इनर्जीको आईपीओ बाँडफाँड, ४ लाख बढीको हात रित्तो

माउन्टेन इनर्जी नेपालले बिक्रीमा ल्याएको आईपीओ  बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय नरायणचौरमा कम्पनीको आज बुधबार आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीको आईपिओमा ६ लाख ५३ हजार २ सय ९१ जनाले आवेदन दिएकोमा १७ सय १६ जनाको आवेदन रद्द भएको छ । बाँकि ६ लाख ५१ हजार ५७५ जना योग्य आवेदक मध्ये १ लाख ८३ हजार २६ जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । त्यसमध्ये २० कित्ता भन्दा बढी आबेदन ५ जनालाई थप १ कित्ता गरी ११ कित्ता वाँडफाँड गरिएको हो । आवेदक मध्ये ४ लाख ६८ हजार ५४९ जनाको हात भने रित्तो भएको छ।

 

कम्पनीले कुल १९ लाख ६८ हजार २७ कित्ता शेयर मध्ये ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारीलाई र ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको १८ लाख ३० हजार २ सय ६५ कित्ताको लागि सर्वसाधारणलाई निष्काशन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *