बालुवाटारमै मनाइयाे अर्थमन्त्री पौडेलकाे जन्मदिन

बालुवाटारमै मनाइयाे अर्थमन्त्री पौडेलकाे जन्मदिन

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा जारी रहेकाे छ। दुई अध्यक्षबीच तिक्तता चुलिएका बेला बसेको बैठकअघि भने बालुवाटारमा उत्सवको वातावरण थियो।

बैठक सुरूअघि बालुवाटारमा अर्थमन्त्री तथा नेकपा महासचिव बिष्णु पौडेललेको जन्मदिनको केक काटिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नै पौडेलको बर्थ डे मनाउन केक मगाएका थिए।

महासचिव पौडेललाई प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केक खुवाएको फोटो प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सार्वजनिक गरेका छन्।

अरू नेताहरूले केक खुवाएर शुभकामना दिए पनि उपाध्यक्ष वामदेव गौतमले भने पौडेललाई सय वर्ष बाँच्नु र राम्रो काम गरेर जानु भन्दै शुभकामना दिएका थिए। महासचिव पौडेल आजदेखि ६२ वर्ष लागेका छन्।

Leave a Reply