अछाममा बन्न लागेका ६ वटा अस्पतालको आज सिलान्यास गरियो

अछाममा बन्न लागेका ६ वटा अस्पतालको आज सिलान्यास गरियो

अछाम – जिल्लाका ६ स्थानिय तहमा बन्न लागेका अस्पतालको आज सिलान्यास गरिएको छ।

जिल्लाको कमलबजार नगरपालिका, चौरपाटी गाँउपालिका र बान्नीगढी जैयगढ गाँउपालिकामा १५ सैया तथा तुर्माखाँद गाँउपालिका, ढकारी गाँउपालिका र पञ्चदेवल बिनायक नगरपालिकामा बन्ने १० सैयाका अस्पतालको सिलान्यास गरिएको हो।

ढकारी गाँउपालिका, तुर्माखाँद गाँउपालिका, कमलबजार नगरपालिका र पनचदेवल विनायक नगरपालिकामा बन्ने अस्पतालको प्रतिनिधि सभा सदस्य माननीय यज्ञ बोगटीले सिलान्यास गर्दै उद्घाटन गरे।

बान्नीगढी जयगढ गाँउपालिकामा बन्न लागेको १५ सैयाको अस्पतालको सिलान्यास प्रतिनिधि सभा सदस्य माननीय राम बहादुर बिष्टले सिलान्यास गरेका पालिका अध्यक्ष राजेन्द्र खड्काले बताए ।

यस्तै चौरपाटी गाँउपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरउन्नोती गरी बन्न लागेको १५ सैयाको अस्पतालको सिलान्यास राष्टिय सभाका सदस्य माननिय शेरबहादुर कुवँरले उद्घाटन गरेका पालिका अध्यक्ष हर्क बहादुर साँउदले बताए ।

जिल्लाका दुई गाँउपालिका रामारोशन र मेल्लेख गाँउपालिकामा भने मन्त्रालयले जारी गरेको सुची समाबेश छैन । यद्यपी ति दुई गाँउपालिकामा ५ बेड संचालन गर्ने गरी कोभिड बिशेष अस्पताल भने संचालनमा आइसकेका छन ।

अछामका मुख्य दुई नगरपालिकामा भने यसअघै नै अस्पताल संचालमा रहेका छन् । जिल्लाको मंगलसेन नगरपालिकामा जिल्ला अस्पताल संचालनमा रहेको छ भने साँफेबगर नगरपालिकामा ५० बेडको बयालपाटा अस्पताल संचालनमा रहेको छ ।

Leave a Reply