प्रभु लाइफ इन्स्योरेन्स उपशाखा अछामद्वारा बिमा दाबी रकम हस्तान्तरण

प्रभु लाइफ इन्स्योरेन्स उपशाखा अछामद्वारा बिमा दाबी रकम हस्तान्तरण

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड  अछाम उपशाखाले बिमा दाबी रकम हस्तान्तरण गरेको छ ।

पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष स्वर्गीय पदम बहादुर धामी प्रस्तावक रहि उनका छोरा अशोक धामीको नाममा बाल साबधिक बिमा गरेको रकम एक कार्यक्रमका बीच
बिमितका आमा पबित्रा देबि धामी लाई १० हजार बिमा दाबी रकम हस्तान्तरण गरिएको हो ।

पाच लाखको बार्षिक बिमा शुल्क ३२ हजार दुई सय २२ पर्ने गरि १५ बर्षिय समयावधिको बिमा गरिएको थियो ।

बिमित लाइ १४ बर्ष सम्म मासिक आय  सुबिधा अन्तर्गत  १० हजार रकम   उपलब्ध गराउने प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड अछामका उपशाखा प्रमुख इन्द्र बहादुर खत्रीले जानकारी दिए।

साथै बिमितको १४ बर्ष सम्म कम्पनी लाई बार्षिक रुपमा बुझाउनु पर्ने बिमा शुल्क ३२ हजार दुई सय २२ छुट गरि उक्त रकम १४ बर्ष सम्म कम्पनीले भर्ने खत्रीले बताए ।

कार्यक्रममा वडा नम्बर २ का कार्यवाहक  अध्यक्ष पदम बहादुर शाही ,हातेमालो सहकारी संस्थाका अध्यक्ष बखत कडायत ,ब्यवस्थापक तथा अभिकर्ता नरेन्द्र प्रसाद न्यौपाने ,उप शाखा प्रमुख इन्द्र बहादुर खत्री ,सिनियर एजेन्सी मेनेजर तथा सिओ क्लब मेम्बर मोहन बहादुर बिष्ट लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply