अछाममा बस दु’र्घटनामा एकको मृत्यु

अछाममा बस दु’र्घटनामा एकको मृत्यु

अछाम  मार्कुमा दु’र्घटना हुँदा एक जनाको घ’टनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् । सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिकाकाे मार्कुमा दु’र्घटना भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा परी मृ’त्यु हुनेमा साँफेबगर नगरपालिका–३ का १९ वर्षीया नीरज कुँवर रहेका छन् ।

बस दु’र्घटनामा परी घा’इते भएका १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल अछाम लगिएको जिल्ला ट्राफिक कार्यालयका ट्राफिक प्रहरी देवेन्द्र खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घ’टनासम्बन्धी अन्य विवरण आउन बाँकी छ ।” घाइतेको टाउको, ढाड तथा हात खुट्टामा बढी चोट लागेको बताइएको छ । बस सडकबाट ५० मिटर तल खसेको थियो

Leave a Reply