पञ्चदेवल बिनायक नगरका नगरप्रमुख देवकोटालाई कोरोना संक्रमण

पञ्चदेवल बिनायक नगरका नगरप्रमुख देवकोटालाई कोरोना संक्रमण

अछाम । जिल्लाको पूर्वी क्षेत्रमा रहेको पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुखलाई कोरोना संक्रमण भएको छ ।

जिल्लाको कमलबजार पिसिआर परिक्षण प्रयोगशालामा भएको परिक्षणमा नगरप्रमुख देवराज देवकोटालाई संक्रमण भएको हो ।

नगर प्रमुख देवकोटालाई कोरोना भाईरस कोभि १९ को संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।

उनलाई मंगलबार भएको परिक्षणमा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाले जनाएको छ । नगरप्रमुख देवकोटाका अनुसार हाल स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Leave a Reply