कमेडियन भारती कपिल शर्मा शोबाट आउट, भित्रि कारण यस्तो…..

कमेडियन भारती कपिल शर्मा शोबाट आउट, भित्रि कारण यस्तो…..

लोकप्रिय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई ड्र’ग्स के’समा एनसिबीले गि’रफ्तार गरेको थियो। यद्यपि उनीहरूले ज’मानत पाइसकेका छन् तर पनि उनीहरूको गि’रफ्तारीको अझै सर्वत्र चर्चा छ। ड्र’ग्स मा’मिलामा उनीहरूमाथि एनसिबीको जाँच भने अझै जारी छ। हालै भारतीसम्म ड्र’ग्स पुर्‍’याउने व्यक्तिलाई एनसिबीले स’मातेको थियो।

भारती सिंह द कपिल शर्मा शो कि अहम् हिस्सा हुन्। कपिल र उनको टिमसँग मिलेर भारतीले कमेडि गर्दछिन्। उनको कमेडिलाई सबैले रुचाउँछन्। भारती ड्र’ग्स प्र’करणमा मु’छिएपछि उनलाई कपिल शर्मा शो बाट निकालिएको छ भन्ने खबरहरू यतिबेला मिडियामा आइरहेका छन्।

स्रोतअनुसार, द कपिल शर्मा शो एउटा पारिवारिक कार्यक्रम हो। त्यसैले कुनै पनि वि’वादित सदस्यलाई कार्यक्रममा राख्न नमिल्ने कुरा कपिल शर्मा शो प्रसारण हुने सोनी च्यानलले राखेको छ। यसको प्रत्यक्ष असर कार्यक्रममा पर्ने भनाइ च्यानलको छ। कपिल भने भारतीलाई शो मा राख्न चाहन्छन्। यसका लागि उनले च्यानलसँग कुरा पनि गरिसकेका छन् तर च्यानल यसका लागि तयार छैन। भारती द कपिल शर्मा शो बाट निकालिने कुरा लगभग पक्का भैसकेको बताइएको छ।

एक समय यस्तो थियो, भारतीले नै कपिल शर्मा शो मा प्राण भरेकी थिइन्। २०१८ मा शो विवादमा आएका बेला सुनिल ग्रोवरले कपिलको साथ छोड्दा भारतीले नै शो लाई माथि उठाएकी थिइन्।

Leave a Reply