यसरि हुँदै छ आदित्य नारायणको बिवाहको तयारी

यसरि हुँदै छ आदित्य नारायणको बिवाहको तयारी

भारतीय गायक एवं टीवी होस्ट आदित्य नारायण विबाह गर्दैछन् । गर्लफ्रेण्ड श्वेता अग्रवालसंग आदित्यले विबाह गर्ने भएका छन् ।

कोरोनाको कारणले गर्दा डिसेम्बर १ मा आफुहरुले मन्दिरमा विबाह गर्ने उनले बताएका छन् । उनले आफ्नो विबाहमा निकै नै नजिकका आफन्तहरु गरी जम्मा ५० जना मात्रै रहने पनि जानकारी दिएका छन् ।

लामो समयदेखि रिलेशनसीपमा रहेका यी जोडीले १ डिसेम्बरमा मन्दिरमा विबाह गर्दैछन् । खबरका अनुसार आदित्यले आफ्नो विबाहको फंक्शन एकदमै साधारण हुने बताएका छन् ।

खबरका अनुसार म्यूजिक र फिल्म इंडस्ट्रीबाट पनि आदित्यका निकै नै नजिकका साथीहरुलाई उनले निम्तो दिएका छन् । आदित्यले यसै वर्ष गर्लफ्रेण्ड श्वेतासंग आफ्नो रिलेशनसीपको कुरालाई सार्वजनिक गरेका थिए ।

हामीले एकअर्कालाई विगत १० वर्षदेखि जानिरहेका छौं । तर अबको केही समयमा नै हामीले हाम्रो जीवनको नयाँ अध्याय शुरु गर्न गई रहेका छौं । दुवैले एकअर्कालाई करिब १० वर्षसम्म डेट गरेका थिए । आदित्य यो विबाहलाई लिएर निकै नै उत्साहीत छन् ।

त्यसपछि दुवैले नै विबाहको बारेमा सबैलाई आफ्नो निर्णय सुनाएका थिए । दुवैको पहिलो भेट उनीहरुको पहिलो फिल्म शापितको समयमा २०१० मा भएको थियो । आदित्य भन्छन्,‘मैले श्वेतालाई लामो समयदेखि जान्दै आएको छु । तरपनि यो निकै नै नयाँ च्याप्टर हो ।

विबाह सकिएपछि सानो रिसोप्शनको व्यवस्था गरिएको आदित्यले एक सञ्चार माध्यमलाई बताएका छन् । जस्मा घरपरिवारका सदस्यहरु, केही अत्ति नै खास साथीभाईहरु र आफन्तहरुको सहभागिता हुनेछ । जुन निकै नै आश्चर्य लागि रहेको छ । विबाह पश्चात सबै कुरा परिवर्तन हुन्छ । यो कुराको राम्रो ज्ञान छ हामीलाई । तर हेरौं अगाडी के हुन्छ’ ?

Leave a Reply