अस्ट्रेलियामा चलेन कोहलीको ब्याट, भारत ६६ रनले पराजित

अस्ट्रेलियामा चलेन कोहलीको ब्याट, भारत ६६ रनले पराजित

भारतसँगकाे ३ एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजअन्तर्गत पहिलाे खेलमा अस्ट्रेलिया ६६ रनले विजयी भएको छ । अष्ट्रेलियाले दिएको ३ सय ७५ रनको लक्ष्य पछ्याएको भारतले धिर्नारित ५० ओभरमा ८ विकेट गुमाएर ३०८ रन बनायो ।

हार बेहोरेको भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ९० रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । पाण्ड्याले करियरकै उच्च रन बनाउने क्रममा ७६ बलमा ७ चौका र ४ छक्कासहित ९० रन बनाए  ।

त्यस्तै शिखर धवनले ७४, रवीन्द्र जडेजाले २५, मयंक अग्रवालले २२, कप्तान विराट कोहलीले २१, नवदीप सैनीले अविजित २९, केएल राहुलले १२ र मोहम्मद शामीले १३ रन बनाए । बलिङमा एडम जम्माले ४, जोश हेजलउडले ३ र मिचेल स्टार्कले एक विकेट लिए ।

सिड्नी क्रिकेट ग्राउण्डमा भ्रमण टाेलीविरूद्ध टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको अस्ट्रेलियाले घरेलु मैदानमा पहिले ब्याटिङ गर्दै  कप्तान एरोन फिन्च र स्टिभ स्मिथको सतकीय पारीको मद्दतमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३७४ रन बनाएको थियो ।

जसक्रममा कप्तान फिंचले सर्वाधिक ११४ रन बनाए भने स्टिभ स्मिथले ६२ बलमा शतक पुरा गर्दै १०५ रन बनाए । त्यस्तै डेविड वार्नरले ६९ रन, ग्लेन म्याक्सवेलले ४५ रन, एलेक्स केरीले १७ र पाट कमिन्सले अविजित १ रन बनाए । बलिङतर्फ भारतका मोहमद सामीले सर्वाधिक ३ विकेट लिए भने जसप्रित बुमराह, नवदीप सैनी र युजवेन्द्र चहलले समान १/१ विकेट लिए ।

अस्ट्रेलिया : आरोन फिंच ( कप्तान ) , डेभिड वार्नर , स्टिभ स्मिथ, मार्कस स्टोइनिस, मार्नस लाबुसेन, ग्लेन म्याक्सवेल, एलेक्स केरी( विकेटकिपर ) , प्याट कमिन्स, मिचेल स्टार्क, एडम जाम्पा, जोश हेजलवुड

भारत: शिखर धवन, मयंक अग्रवाल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर) हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, मोहम्मद शामी, नवदीप सैनी, जसप्रीत बुमराह र युजवेन्द्र चहल ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *