वेष्ट इण्डिजविरुद्धको पहिलो टी-२० खेलमा न्यूजिल्याण्ड विजयी

वेष्ट इण्डिजविरुद्धको पहिलो टी-२० खेलमा न्यूजिल्याण्ड विजयी

काठमाडौं : वेष्ट इण्डिज र न्यूजिल्याण्ड बीच जारी टी-२० सिरिजको पहिलो खेलमा घरेलु टोली न्यूजिल्याण्ड विजयी भएको छ । पहिलो खेलमा  भर्मण टोली वेष्ट इण्डिज ५ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले अग्रता लिएको छ ।

एडिन पार्क मैदानमा न्यूजिल्याण्ड ले टस जितेर वेष्ट इण्डिजलाई ब्याटिंगको निम्तो दिएको थियो । वर्षाका कारण १६ ओभरको बनाइएको खेलमा वेष्ट इण्डिजले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले १५.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै विजयी भएको हो ।

न्यूजिल्याण्डको जितमा जिमी नीशमले सर्वाधिक अविजित ४८ रन बनाए भने डेवन कन्वेले ४१, मिचेल सान्टनरले ३१, ग्लेन फिलिप्सले २२, टिम सेफर्टले १७ रन बनाए । बलिङतर्फ वेष्ट इण्डिजका ओसेन थोमसले २, किरण पोलार्ड र सेल्डन कोट्रेलले समान १/१  विकेट लिए ।

यसअघि पहिले ब्याटिङको गरेको भ्रमण टोलि वेष्ट इण्डिजले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ८० रन बनायो ।  वेष्ट इण्डिजलका लागि कप्तान किरण पोलार्डले  ३७ बलमा ८ छक्का र ४ चौकासहित अविजित ७५ रन बनाए भने आन्द्रे फेलेचरले ३४, फाबियन आलेनले ३० र ब्रेण्डन किंगले १३ रनको योगदान दिए ।

बलिङतर्फ ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका लकी फर्गुसन म्यान अफ दि म्याच भए  । त्यस्तै टिम साउथीले २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *