यसकारण सेयर बजारले नयाँ कीर्तिमान कायम गर्यो

यसकारण सेयर बजारले नयाँ कीर्तिमान कायम गर्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली (नट्स) का कारण बिहीबार सेयर बजारले नयाँ कीर्तिमान कायम गरेकाे छ ।

बिहीबार २३ हजार ५० लगानीकर्ताको सक्रियतामा सेयर बजारले नयाँ कीर्तिमान कायम गर्न सफल भएकाे हाे । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर कारोबारमा २३ हजार ५० लगानीकर्ता सहभागी भएका थिए । जसका कारण नेप्सेले समग्र सेयर बजार परिसूचक, कारोबार रकम तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोस्रो बजारमा नयाँ कीर्तिमान कायम गर्न सफल भएकाे हाे ।

रेकर्ड ब्रेकमा सहभागी लगानीकर्तामध्ये ८७.७५ प्रतिशत कारोबार अनलाइनमार्फत् भएको थियो । हालसम्म अनलाइनमार्फत् कारोबार गर्नका लागि १ लाख ८५ हजार भन्दा बढी लगानीकर्ताले युजर नेम र पासवर्ड लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बिहीबार ७० हजार ३ कारोबारमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँ बराबरका १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएका छन्। यसैगरी समग्र सेयर बजार परिसूचक नेप्से यस दिन १८९३.२४ विन्दु कायम भएको छ । यसअघि मंसिर ७ गते ६ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने २०७३ साउन १२ मा बजार परिसूचक नेप्से १८८१.४५ विन्दुमा पुगेको थियो ।

Leave a Reply