शुक्रबार पनि घट्याे सुनको मूल्य

शुक्रबार पनि घट्याे सुनको मूल्य

सुनकाे भाउमा शुक्रबार पनि गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० मा कारोवार भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको थियो ।

तेजावी सुन पनि आज तोलामा एक हजार रुपैयाँले नै घटेर ९० हजार ८ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउ पनि आज १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ११ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार २७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ८४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९९९ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *