महारानी बनिन् शिल्पा शिन्दे…

महारानी बनिन् शिल्पा शिन्दे…

लोकप्रिय टिभी अभिनेत्री शिल्पा शिन्दे वेव सिरिजमार्फत् अनलाइन प्ल्याटफर्ममा छिरेकी छन्। एकता कपुरको निर्माणमा बनेको यो वेव सिरिज डिसेम्बर महिनामा प्रदर्शन गरिने छ। जसको नाम `पौरुषपुर´ राखिएको छ। शिल्पा शिन्दे यो वेव सिरिजमा रानी मीरावतीको भूमिकामा देखिने छिन्।

आज तकका अनुसार, यो वेव सिरिजको कथा रहस्यमय छ। ७/८ भागको यो वेव सिरिज भिन्दै प्रकारको रहेको बताइएको छ। यसमा शिल्पाको भूमिका पहिलेका उनका अभिनयभन्दा निकै अलग प्रकृतिको छ। शिल्पा खासगरी कमेडीका लागि चिनिन्छिन्। तर यस वेव सिसिजम उनलाई फरक अवतार देख्न सकिन्छ।

भारतीय टिभी जगतकी लोकप्रिय अभिनेत्री शिल्पा घर घरमा चर्चित छिन्। शिल्पा बिग बोस विजेता पनि हुन्। `भाबी जी घर पर हैं´ नामक टिभी कार्यक्रमबाट चर्चामा आएकी शिल्पाका लाखौँ फ्यान छन्।

Leave a Reply