जन्मदिनको अवसरमा बैधनाथ बेदविश्रामका बटुकलाई शैक्षिक सामाग्री वितरण

जन्मदिनको अवसरमा बैधनाथ बेदविश्रामका बटुकलाई शैक्षिक सामाग्री वितरण

अछाम । समाजसेवी तथा नेपाल टेड यूनियन कांग्रेस अछामका अध्यक्ष चित्रराज बजगाईले आफ्नो छोरोको जन्म दिन फरक तरिकाले मनाएका छन् ।

बजगाँईले छोराको जन्न्म दिनको अवसरमा बैधनाथ बेद बिद्याश्रममा अध्ययनरत बटुकहरुलाई शैक्षिक साम्रागी वितरण गर्दै जन्म दिन मनाएका हुन् ।

नेपालका चारधाम मध्येको एक बैधनाथ धाममा संचालनमा रहेको बेदबिद्याश्रमका ३७ जना बटुकलाई २ सय २६ कापी र ३७ दर्जन कलम बितरण गर्दै जन्म दिन मनाएका हुन् ।

कान्छा छोरा रोमन बजगाई ११ बर्ष पुरा गरी १२ प्रबेश गरेको अवसरमा उनले सामाजिक परोपकारी काम गर्दै जन्म दिन मनाएका हुन् ।

अनावश्यक फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा परोपकारी काम गरेर जन्म दिन सिलिबे्रट गर्नु आवश्यक ठान्दै बजगाईले आफ्नो छोराको जन्म दिनमा उक्त कार्य गरेका हुन् ।

Leave a Reply