भारतीय विदेश सचिव काठमाडौँ आइपुगे

सडक मिडिया
मङ्सिर ११, २०७७ १४:४८:११ • ७५२ पटक पढिएको

काठमाडौँ: भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला काठमाडौँमा आइपुगेका छन्। श्रृंगला चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् ।
बिहिबार बिहान १०:४५ बजे दुई दिने पहिलो नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका हुन्। नेपाल सरकारका परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका हुन्।
उनले उच्चस्तरीय भेटवार्तासँगै सीमा विवादका सन्दर्भमा वार्ता गर्ने कार्यक्रम छ। उनको साथमा अशोक मल्लिक, अरिन्दम बाक्चि, शावन्त खानालिया, एतिन पट्टेल, मन्सी लोइवाल नेपाल आएका छन्।
सिफारिस