रहेनन् विश्व चर्चित फुटबलर म्याराडोना, हार्दिक श्रद्धाञ्जली

रहेनन् विश्व चर्चित फुटबलर म्याराडोना, हार्दिक श्रद्धाञ्जली

काठमाडौँ:  विश्व चर्चित अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ। कार्डियाक एरेस्टका कारण चर्चित फुटबलर म्याराडोनाको आफ्नै निवासमा म्याराडोनाको निधन भएकाे हाे ।

अर्जेन्टिनालाई आफ्नो कप्तानीमा १९८६ को विश्वकप जिताएका म्याराडोना पछिल्लो समय जिम्नासिया इग्रिमा ला प्लाटा क्लबको प्रशिक्षक थिए। अर्जेन्टिनाको राजधानी ब्युुर्नोस आयर्सबाट उत्तरतर्फ रहेको सान आन्द्रेसस्थित आफ्नै निवासमा म्याराडोनाकाे भाैतिक सरिर अस्ताएकाे हाे ।

८० वर्षीय ब्राजिली पूर्वस्टार पेलेसँगै म्याराडोना विश्व फुटबल इतिहासकै सर्वाधिक उत्कृष्ट खेलाडी मानिन्छन्। पेलेले म्याराडोनाको निधनपछि विज्ञप्ती जारी गरेका छन् । ‘उनीजस्ता साथी गुमाउनु दुःखद् हो। भगवान्ले उनको परिवारलाई पर्याप्त शक्ति दिउन्।

पक्का छ, कुनै दिन हामी स्वर्गमा एकसाथ बल हान्नेछौं,’ उनले लेखेका छन्। इङल्यान्डका गेरी लिनेकर, अर्जेन्टिनाका निकोलस ट्यागलियाफिक, स्पेनका गुटीलगायत पूर्वस्टारहरुले पनि म्याराडोनाप्रति श्रद्धान्जली व्यक्त गरेका छन्।

अर्जेन्टिनामा तीन दिने शोक
यसै महिनाको सुरुवातमा उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । उनी दुुई साताअघिमात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए । अक्टुुबर ३० मा जिम्नासिया क्लबको रंगशालामा आफ्नो ६० औं जन्मदिन मनाउने क्रममा म्याराडोना झुुलुक्क देखा परेका थिए, तर उनी स्वस्थ थिएनन् ।

हिँड्न समस्या भएपछि उनले आफ्नो टोलीको खेल समेत हेरेका थिए । त्यसको केही दिनमै उनलाई ला प्लाटास्थित अस्पताल लगिएको थियो, जहाँ मस्तिस्कको शल्यक्रिया भयो । म्याराडोनाको निधनको खबर बाहिरिएसँगै अर्जेन्टिना सरकारले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *