तुर्माखाद गाउँपालिका द्वारा फरक क्षमता भएका ब्याक्ति लाई शैक्षिक सामाग्रीको रूपमा ल्यापटप उपलब्ध

तुर्माखाद गाउँपालिका द्वारा फरक  क्षमता भएका ब्याक्ति लाई शैक्षिक सामाग्रीको रूपमा ल्यापटप उपलब्ध

अछाम :अछामको तुर्माखाद गाउँपालिकाले अपाङ्गता तथा फरक क्षमता भएका ब्याक्ति लाई ल्यापटप उपलब्ध गराएको छ ।

तुर्माखाद गाउँपालिका निवासी फरक क्षमता भएका बम बहादुर बिश्वकर्मा लाइ ल्यापटप उपलब्ध गराएको हो ।

उच्च शिक्षा अध्यनको लागि धनगढी जान लागेका फरक क्षमता भएका क्षमतावान बिद्यार्थी बिश्वकर्मालाइ तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले एक कार्यक्रमका बीच शैक्षिक सामाग्रीको रूपमा ल्यापटप हस्तान्तरण गर्नुभएको हो ।

ल्यापटप हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष शर्माले फरक क्षमता भएका ब्याक्तिहरुलाई गाउँपालिकाबाट उपलब्ध हुने सेवा सुबिधाको लागि तुर्माखाद गाउँपालिका सधैं तयार रहेको बताउनुभयो
साथै उहाँले बिश्वकर्मालाइ उच्च शिक्षा प्राप्तिको सफलताको शुभकामना समेत ब्यक्त गर्नुभएको छ ।

Leave a Reply