बधाई ! पारस ‘दशककै उत्कृस्ट एसोसिएट खेलाडी’ अवार्डको मनोनयनमा , यसरी गर्नुस भोट

बधाई ! पारस ‘दशककै उत्कृस्ट एसोसिएट खेलाडी’ अवार्डको मनोनयनमा , यसरी गर्नुस भोट

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आइसिसीले  प्रदान गर्ने ‘दशककै उत्कृस्ट एसोसीएट राष्ट्रको खेलाडी’को अवार्डको मनोनयनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पारस खड्का पनि परेका छन्।

आइसिसीले सार्वजनिक गरेको एसोसिएट प्लेयर अफ दी डिकेडको ६ जना खेलाडीको मनोनयनमा नेपाली क्रिकेट टिमका पुर्वकप्तान समेत रहेका खड्का पनि परेका हुन् ।

उक्त मनोनयनमा पारससँगै  स्कटल्यान्डका कायल कोएट्जर, क्यालम म्याकलियोड र रिकी बेरिङ्टन, पपुआन्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन छन्।

आईसिसीका एसोसिएट सदस्यका खेलाडीमध्ये चालु दशकमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई यो अवार्ड दिइनेछ। विजेताको टुंगो भोटिङबाट हुने आइसिसीले जानकारी दिएको छ। भोटिङ खुला भइसकेको छ। आफ्नो प्रिय खेलाडीलाई भोट गर्न यो लिंकमा क्लिक गर्न सकिनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *