कालो कपडामा नियाको कामुक अन्दाज, हेर्नुस तस्वीरहरू

कालो कपडामा नियाको कामुक अन्दाज, हेर्नुस तस्वीरहरू

अभिनेत्री निया शर्मा भारतीय टेलिभिजन जगतकी स्टार हुन्। उनी आफ्नो बोल्ड र ग्ल्यामरस् अन्दाजका कारण सधैं चर्चामा रहन्छिन्। उनको फेसन सेन्स सबै दर्शकहरूले मन पराउँछन्। टिभी शो `जमाई राजा´ बाट घर-घरमा लोकप्रिय भएकी नियाले हालसम्म धेरै उपलब्धि प्राप्त गरिसकेकी छिन्।

हालै नियाले आफ्ना गोवा ट्रिपका केही तस्वीरहरू सामाजिक सञ्जालमा साझा गरेकी छन्। फोटोमा उनी निकै सुन्दर र कामुक देखिएकी छन्।

फोटोमा निया कालो रङको वानपिसमा देखिएकी छन्। जुन उनलाई बेहद सुहाएको छ। पछिल्लो समय निया शर्मा एकता कपुरको `नागिन´ टिभी शो मा देखिएकी थिइन्। जसमा उनले नागिनको भूमिका निभाएकी थिइन्। नियाको यो भूमिका दर्शकहरूले निकै रुचाएका थिए। विक्रम भट्टको वेव सिरिज `ट्वीस्टेड´को दुईवटा सिजनमा पनि निया देखिइसकेकी छन्। सो सिरिजले निकै चर्चा पाएको थियो।

`खतरौं के खिलाडी मेड इन इन्डिया´ को उपाधि आफ्नो नाममा पार्न सफल निया मेहनती, इमानदार र लगनशील अभिनेत्री मानिन्छिन्। एक समय निया एसियाकै कामुक महिलाको सूचीमा नम्बर एकमा पर्न सफल भएकी थिइन्। हेरौँ नियाका तस्वीरहरू

Leave a Reply