समर्थकहरूलाई सुशान्तकी दिदीको भावुक नोट

समर्थकहरूलाई सुशान्तकी दिदीको भावुक नोट

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नि’धन भएको ५ महिनाभन्दा बढी समय भैसकेको छ। तर उनको नि’धनसँग जोडिएका प्रश्नहरूको जवाफ आजसम्म पनि भेटिएका छैनन्। सुशान्तकी दिदी स्वेता सिंह कृति शुरूदेखि नै सुशान्तको लागि न्यायको ल’डाइँ ल’डिरहेकी छन्। #JusticeForSushant नामक अभियान चलाएकी स्वेतालाई धेरै दर्शकहरूले साथ दिएका छन्।

सुशान्तको के’सलाई जिवित राख्नका निम्ति सामाजिक सञ्जालमा नाममा केही न केही लेखिरहने स्वेताले पछिल्लो समय सुशान्तका समर्थकहरूका लागि ट्विटरमा एउटा भावुक नोट लेखेकी छन्।

स्वेता लेख्छिन्, “म धेरै पी’डामा बाँचिरहेकी थिएँ र बाँचिरहेकी छु। जब जब मलाई लाग्छ, मैले सामान्य र नियमित जिन्दगी जिउन शुरू गरूँ। त्यतिबेला नै अर्को पी’डा थपिन्छ। घा’उहरू सजिलै पुरिन्नन्। यसका लागि धैर्य चाहिन्छ। मैले मेरा घा’उहरू कोट्याएँ भने ती पुरिने छैनन्, अझै गहिरा हुने छन्। त्यो भाइ, जोसँग म सँगै बढेकी छु। हरपल समय बिताएकी छु। मेरो जिन्दगीको एउटा हिस्सा, अब ऊ मेरो साथमा छैन। यो कुरा महसुस गर्न र बानी पार्न मलाई समय लाग्ने छ। तर इश्वरले आफ्ना भक्तहरूलाई अन्या’य गर्दैन, हार्न दिँदैन। यसका लागि हामीले न्यायको ल’डाइँ ल’ड्नु पर्ने छ। लगातार कोसिस गर्नु पर्ने छ।”

यसरी स्वेताले नोटमार्फत् सुशान्तका समर्थकहरूलाई धैर्य गर्न, न्यायको निम्ति आवाज उठाउन आह्वान गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *