साँफेबगरमा प्रथम प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

साँफेबगरमा प्रथम प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

अछाम – अछामको साँफेबगरमा प्रजातन्त्र दिवसको अवसर पारेर प्रथम प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। एक समारोहका बीच उक्त प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडुको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको छ ।

कार्यक्रममा बोल्दै बडुले राजनीतिमा नैतिकता र आचारसंहिता खस्किँदै गएको र यो गम्भीर चिन्ताको विषय भएको बताए। खेलकुदको नियम र आचारसंहिता राजनीतिमा पनि पालना हुनसके देश सम्वृद्ध हुने उनले बताए। उनले भने, ‘खेलकुदमा राजनीति नभएर राजनीतिमा खेलकुद घुसे राजनीति सफा खेल हुने थियो। तर ठिक उल्टो भैरहेको छ।’ खेलकुदमा राष्ट्रको ठूलो लगानी आवश्यक रहेको उनले बताए।

स्वर्गिय पूर्व प्रधानमन्त्री एवंम ततकालिन नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोईरालाको स्मृतीमा प्रजातन्त्र दिवसको अवसर पारी भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।

गिरीजाप्रसाद कोइराला फाउण्डेसन अछामका अध्यक्ष यज्ञराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वार,प्रतिनिधि सभा सदस्य राम बहादुर बिष्ट रहनु भएको थियो ।
प्रतियोगितामा सहभागी हुन विभिन्न क्षेत्रबाट १० वटा टिम दर्ता भएको आयोजक गिरीजाप्रसाद कोइराला फाउण्डेसन अछामका अध्यक्ष ढुंगानाले जानकारी दिए।प्रतियोगितामा प्रथम हुनेले नगद ५ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन्। दोस्रो हुनेले नगद २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख ५० हजार पाउने आयोजक संस्थाका सचिव कृष्ण कुँवरले जानकारी दिए। यस्तै सान्त्वना पुरस्कार ५० हजार प्रदान गरिने छ। खेल अवधिभर विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाईसमेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतिस्ठानका उपाध्यक्ष कर्ण ठकुल्लाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिव कृष्ण कुवरले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *