प्रभू देवाले भातिजीसँग बिहे गर्न लागेको चर्चा…

प्रभू देवाले भातिजीसँग बिहे गर्न लागेको चर्चा…

चर्चित भारतिय अभिनेता तथा निर्देशक प्रभू देवा आफ्नै भतिजीसँग बिहे गर्न गइरहेकाे खबरले तहल्का मच्चाएकाे छ ।  ४७ वर्षका डान्सर, कोरियोग्राफरसमेत रहेका देवाले विवाह गर्न लागेकाे याे खबर निकै चर्चामा रहेपनि  उनको टिमले यसबारे केही बोलेको छैन ।

इ–टाइम्सको रिपोर्टअनुसार प्रभुले आफ्नी भतिजी शोभासँग डेट गरिरहेका छन् र छिटै बिहे गर्ने तयारीमा छन् । यो खबरमा कत्तिको सत्यता छ भन्ने कुरा प्रभूको आधिकारिक बयानपछि मात्रै थाहा हुनेछ । प्रभूको तर्फबाट यो खबरबारे केहि आधिकारिकता बाहिरिएकाे छैन ।

यसअघी १९९५ मा मुस्लिम समुदायकि रामलतासँग बिहे गरेका देवाको पेशागत जीवन जति सफल भएपनि  व्यक्तिगत जीवन भने जटिल रह्यो ।  शास्त्रीय डान्सरसमेत रहेकि रामलताले बिहेपछि हिन्दू धर्म अपनाएकि थिइन्  । उनीहरुका ३ छोरा भए । जेठा छोरा विशालको २००८ मा क्यान्सरका कारण निधन भयो । प्रभू देवा र दक्षिण भारतीइ अभिनेत्री नयनताराको अफेयरको निकै चर्चा चल्यो । यो सम्बनधबारे सुरुमा दुवैले केही बोलेनन् । २०१० मा प्रभूले नयनतारासँग सम्बन्ध स्वीकार गर्दै बिहे गर्न लागेको समेत बताएका थिए ।

यो सम्बन्धको खुलासापछि ठूलो कानुनी झमेला पार गरेर २०११ मा प्रभू र रामलताको सम्बन्धविच्छेद भयो । तर, उनको नयनतारासँग बिहे भने भएन । २०१२ मा नयनतारासँग प्रभूको ब्रेकअप भयो । प्रभू अहिले सलमान खानको फिल्म राधेको निर्देशन गरिरहेका छन् । यसबाहेक अब उनका केही दक्षिण भारतीय फिल्म आउँदैछन् जसमा उनी मुख्य भूमिकामा हुनेछन् । पोन मनिकवेल नामको आउँदै गरेको फिल्म उनको अभिनेताको रुपमा ५० औं फिल्म हुनेछ । यसमा प्रभू पुलिस अधिकारीको भूमिकामा देखिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *