कलाकार मनाेज गजुरेलले जिते काेराेना

कलाकार मनाेज गजुरेलले जिते काेराेना

काठमाडौं : हास्य कलाकार मनोज गजुरेल अस्पताल बाट डिस्चार्ज भएका छन् । गत कार्तिक १० गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेल स्वास्थ्यमा थप समस्या देखिएपछि १९ गते बलम्बुस्थित सशस्त्र प्रहरी कोभिड अस्पतालमा आइसियु भर्ना भएका थिए ।

आइतबार सामाजिक सञ्जालमार्फत आफू डिस्चार्ज भएको कुरा उल्लेख गर्दै गजुरेलले ११ दिनको अस्पताल बसाइपछि घर फर्किएको र सबै कोरोना रिपोर्ट नेगेटिभ आएकाले केही दिनपछि पूर्ण स्वस्थ्य भएर काममा फर्किने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *