नेपाल बंगलादेशसँग २-० गाेलले पराजित

नेपाल बंगलादेशसँग २-० गाेलले पराजित

बंगलादेशसँगको मैत्रीपूर्ण  खेलमा नेपाल पराजित भएको छ । कोरोना भाइरस महामारी यता दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न बंगलादेश पुगेको नेपाली टोली बंगलादेशसँग २-० गोलले पराजित भएको हो ।

बंगलादेशको राजधानीमा आज (शुक्रबार) भएको खेलमा बंगलादेशले पहिलो हाफ अघि १ र दोस्रो हाफपछि एक गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

उसले खेलको १० औं मिनेटमै पहिलो गोल गरेको थियो भने अन्तिम तथा दोस्रो गोल खेलको ८० औं मिनेटमा गरेको थियो । बंगलादेशका लागि मोहम्मद नबिब नेवाज र महबुर रहमान गोल गरेका थिए ।

नेपालले बंगलादेश बिरुद्ध प्रदर्शन राम्रो गर्न सकेको थिएन । ५ बर्षयता बंगलादेशसँग हारेको थिएन । ५ बर्षअघि बंगलादेशले मैत्रीपूर्ण खेलमै नेपाललाइ हराएको थियो । त्यसयता भने नेपालसँग बगलादेश पराजित हुँदै आएको थिायो ।

कोरोना महामारी पछि नेपालको खेलकुद गतिविधि बन्द भएको थियो । छोटो समयको तयारीपछि नेपालले अन्तराष्ट्रिय मैतिपूर्ण खेलको तयारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *