डा. गोविन्द केसीलाई कोरोना देखियो

डा. गोविन्द केसीलाई कोरोना देखियो

काठमाडाैँ:  डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण देखिएकाे छ । केसीलाई सामान्य रुघा खोकी आएपछि परीक्षण गर्दा कारोना पापेजेटिभ रिपोर्ट आएको हो । डाक्टर केसीको श्वासप्रश्वासमा समेत समस्या आएको उहाँका सहयाेगीहरूकाे भनाइ छ ।

उहाँको हाल महाराजगञ्जस्थित टिचिङ अस्पतामा उपचार भइरहेको छ । डा. केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक-पटक अनशन बस्दै आउनुभएको छ । हाडजोर्नीको बिशषज्ञ समेत रहनुभएका केसीले टिचिङ अस्पतालमै लामो समयसम्म सेवा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *