आमिर खानले जब जुही चावलाको हातमा थुके, त्यसपछि जुहीले गरिन् यस्तो ?

आमिर खानले जब जुही चावलाको हातमा थुके, त्यसपछि जुहीले गरिन् यस्तो ?

बलिउड नायिका जुही चावलाको आज जन्मदिन हो। जुहीले ९० को दशकमा बलिउडमा राज गरेकी थिइन्। जुहीले बलिउडका धेरै राम्रा फिल्महरूमा काम गरेकी छन्। जहाँ उनले फिल्मी सफलता पाएकी छन् भने फ्लप फिल्मको असफल स्वाद पनि चाखेकी छन्।

एक जमानामा जुही र बलिउड नायक आमिर खान निकै असल साथी मानिन्थे। बलिउडमा उनीहरूको दोस्तीले चर्चा पाउँथ्यो। यी दुबैले एकैसाथ थुप्रै फिल्ममा कामसमेत गरेका छन्। ९० को दशकमा जुही र आमिरको जोडीलाई बलिउडमा निकै रुचाइन्थ्यो। दुबैको फिल्म `कयामत से कयामत तक´ लाई आज पनि मान्छेहरू याद गर्छन्।

यसबीच एउटा यस्तो समय पनि आयो जब जुहीले आमिरसँग कहिल्यै काम नगर्ने कसम नै खाइन्। यो २३ वर्ष पुरानो घ’टना हो, जतिबेला जुही र आमिर फिल्म `इश्क´को सुटिङ गरिरहेका थिए। फिल्ममा जुही र आमिरका अलावा काजोल र अजय देवगनले पनि काम गरिरहेका थिए।

त्यस फिल्मको सुटिङका दौरान आमिरले जुहीसँग आफूले ज्योतिष विद्या जानेको बताए र जुहीलाई आफ्नो हात देखाउन भने। जसै जुहीले खुसी हुँदै आफ्नो हात अगाडि बढाइन्, आमिरले उनको हातमा थुकिदिए। आमिरको यस्तो भद्दा मजाकले जुहीको रिसको पारा चढ्यो। उनले कहिल्यै आफू आमिरसँग काम नगर्ने कसम खाइन्। र त्यसपछि आमिरसँग काम गरिनन् पनि। रिसले चुर भएकी जुही सेट छोडेर गएपछि पाँच वर्षसम्म आमिरसँग बोलिनन्।

आमिरले जुहीसँग यस्तो मजाक गरेको पहिलोपटक भने थिएन। `तुम मेरे हो´फिल्मको सुटिङका दौरान आमिरले जुहीलाई झुक्याएर सर्प समात्न लगाएका थिए। तर त्यस समय विवाद त्यहीँ साम्य भएको थियो।

आमिर र जुहीले `कयामत से कयामत तक, लव लव लव, तुम मेरे हो, दौतल कि जंग´ जस्ता फिल्महरूमा एकसाथ काम गरेका छन्। यी सबै फिल्महरू हिट साबित त भएनन् तर दुबैको जोडीलाई निकै रुचाइएको थियो।

Leave a Reply