बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २५ घाइते

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २५ घाइते

काठमाडौं :  बैतडीमा एक यात्रुबाहक बस दु’र्घटना हुँदा ९ जनाको मृ’त्यु भएको दुःखद खबर छ ।  दु’र्घटनामा परी थप ३४ जना घा’इते भएका छन् । बैतडी र दार्चुला जिल्लाकको सीमा क्षेत्रमा पर्ने गन्नादेखि महेन्द्रनगर जाँदै गरेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति करिब साढे ९ बजे खोड्पेको भीरबाट खसेको बताइएको छ ।

दु’र्घटनामा परेर घा’इते भएकाहरुको डडेल्धुरामा उपचार भइरहेको छ । त्यस घटनाका ७ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्य घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *