अक्षय कुमारको `लक्ष्मी´ले तोड्यो सुशान्तको `दिल बेचारा´को रेकर्ड……

अक्षय कुमारको `लक्ष्मी´ले तोड्यो सुशान्तको `दिल बेचारा´को रेकर्ड……

बलिउडका खेलाडी नायक अक्षय कुमारको फिल्म `लक्ष्मी´ अनलाइन प्रदर्शन भैसकेको छ। फिल्मले समीक्षकहरूबाट मिश्रित प्रतिक्रिया जरुर पाएको छ। फ़ेरि पनि फिल्ममा अक्षयको भूमिका तथा मेहनतलाई सबैले मन पराएका छन्।

तिहारको बेला ठूलो धमाका मच्चाउने उद्देश्यले प्रदर्शन भएको यस फिल्मले आफ्नो काम पूरा गरेर देखाएको छ। फिल्मले भ्युअरसिपको मामिलामा सबै रेकर्ड तोडेको बताइएको छ। फिल्मलाई अनलाइन सबैभन्दा धेरै हेरिएको छ।

आज तककाअनुसार अक्षयकुमारको `लक्ष्मी´ले सुशान्त सिंहको अन्तिम फिल्म `दिल बेचारा´लाई समेत पछाडि पारेको छ। `दिल बेचारा´को रेकर्ड तोडिन लामो समय लाग्ने बताइएको थियो तर अक्षयले केही महिनामै अफ्नो खेलाडी कमाल देखाएका छन्।

फिल्म प्रदर्शन गरिएको डिज्नी हटस्टारको तर्फबाट नै फिल्मले केही घण्टामै सबै रेकर्ड ध्वस्त गरेको घोषणा सामाजिक सञ्जालमा गरिएको थियो। फिल्मले भ्युअरसिपको मामिलामा नयाँ इतिहास रचेको छ। यद्यपि फिल्मले प्रदर्शनपछि नकारात्मक प्रतिक्रिया धेरै पाएको थियो तर दर्शकहरूको उत्साहले फिल्म राम्रो साबित भयो। `लक्ष्मी´ साउथ फिल्म `कञ्चना´को रिमेक हो।

Leave a Reply