बधाई ! दिल्लीलाई हराउँदै मुम्बईले जित्यो पाँचौ पटक आइपीएल

बधाई ! दिल्लीलाई हराउँदै मुम्बईले जित्यो पाँचौ पटक आइपीएल

यूएईमा जारी १३ औँ सिजनको आईपीएलको फाइनलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै मुम्बई इण्डियन्सले पाँचौ पटक उपाधि जितेको छ । दिल्लीले दिएको  १ सय ५७ रनको लक्ष्य  पछ्याउने क्रममा मुम्बुईले ५ विकेटले उपाधि जितेको हो  ।

दुबईमा भएको फाइनल म्याचमा मुम्बईले १८.४ ओभरमा ५ विकेट गुमाएर दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य भेट्टायो । मुम्बईको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन बनाए। क्विन्टन डिककले २०, सूर्यकुमार यादवले १९, किरण पोलार्डले ९ र इशान किशनले नटआउट ३३ रन बनाए । बलिङमा एनरिक नोर्टजेले २, मार्कस स्टोइनिस, कागिसो रबाडाले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायो । उसका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५, ऋषभ पन्तले ५६, शिखर धवनले १५ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा ट्रेन्ट बोल्टले ३, नाथनकुल्टर नाइलले २, जयन्त यादवले एक विकेट लिए ।

मुम्बईको प्लेइङ-११ : क्विन्टन डिकक, रोहित शर्मा (कप्तान), इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, किरण पोलार्ड, कृणाल पांड्या, जयन्त यादव, नाथनकुल्टर नाइल, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह ।

दिल्लीको प्लेइङ-११ : शिखर धवन, मार्कस स्टोइनिस, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, अक्क्षर पटेल, प्रवीण दुबे, शिमरोन हेटमायर, कागिसो रबाडा, रविचन्द्रन अश्विन र एनरिच नोर्टजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *