सुशान्त प्रकरणमा नयाँ मोड, नायक अर्जुन रामपालको घरमा एनसिबीको छा’पा

सुशान्त प्रकरणमा नयाँ मोड, नायक अर्जुन रामपालको घरमा एनसिबीको छा’पा

सुशान्त सिंह प्र’करणमा जोडिएको ड्र’ग्स मा’मिलाको जाँच बलिउड अभिनेता अर्जुन रामपालको घरसम्म पुगेको छ। ड्र’ग्स मा’मिलाको जाँच गरिरहेको एजेन्सी एनसिबीले नायक अर्जुन रामपालको घरमा छा’पा मारेर उनको घरको खानतलासी लिएको छ। यस दौरान एनसिबीले अर्जुन रामपालका ड्राइभरलाई हि’रासतमा लिएको छ। यतिबेला ड्राइभरसँग सोधपुछ भैरहेको बताइएको छ।

स्रोतका अनुसार, एजेन्सीले ड्र’ग्स प्र’करणमा जोडिएको तार प’क्रिनका लागि अर्जुन रामपालको घरमा छा’पा मा’रेको हो। यसभन्दा एक दिन पहिले मात्र एनसिबीले बलिउड फिल्म निर्माता फिरोज नाडियडवालाको घरमा छा’पा मा’रेको थियो। यस दौरान एजेन्सीले उनको घरमा कमर्सियल मात्रामा ड्र’ग्स फे’ला पारेको बताइएको छ। यसपछि उनकी पत्नी सबाना सैदलाई प्रहरीले गि’रफ्तार गरेको छ। सोमबार फिरोजले एनसिबीका प्रश्नहरूको सामना गरेका थिए।

अर्जुन रामपालकी प्रेमिका ग्राबियलाको भाइ ड्र’ग्स मा’मिलामा संलग्न देखिएपछि केही दिन पहिले एनसिबीले उनलाई गि’रफ्तार गरेको थियो। हाल उनी ज’मानत छु’टिसकेर एनसिबीको सोधपुछमा छन्। यतिबेला अर्जुनको ड्राइभरलाई एनसिबीले गि’रफ्तार गर्नुमा अर्जुनको मुस्किल बढ्न सक्ने अनुमान गर्न सकिन्छ।

Leave a Reply