रबि लामिछाने दम्पतीले जिते कोरोना, भन्छन् ‘सोचे झै कोरोना रैनछ’ 

रबि लामिछाने दम्पतीले जिते कोरोना, भन्छन् ‘सोचे झै कोरोना रैनछ’ 

काठमाडौं : कोरोना भाइरस संक्रमण देखिएका पत्रकार रवि लामिछाने दम्पती कोरोना मुक्त भएका छन् । केही समय पहिला कोरोना संक्रमण भई होम आइसोलेसनमा रहेका लामिछाने र निकिता पौडेलको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेले आफू कोरोना मुक्त भएको जानकारी दिएका हुन । साथै आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् । लामिछानेले कोरोना संक्रमण देखिएपछि विभिन्न माध्यम बाट स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णलाई धन्यवाद ब्यक्त गरेका छन् ।

उनले अन्तिममा लेखेका छन्  ‘सोचे झै कोरोना रैनछ’

१४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिल्यो।केही बेर अघि मात्र हामी दुबैको PCR रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त…

Posted by Rabi Lamichhane on Tuesday, 10 November 2020

Leave a Reply