देशभर थपिए २७३९ नयाँ संक्रमित

सडक मिडिया
कार्तिक २५, २०७७ १८:०६:०६ • ६७१ पटक पढिएको

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ।
योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १,९९,७६० पुगेको छ। जसमध्ये १,६०,५७७ जना सङ्क्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घन्टामा २२ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपराह्ण जनाएको छ। अहिलेसम्म नेपालमा १,१४८ सङ्क्रमितको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।
सिफारिस