फाईनलमा सन्दीपकाे सम्भावना कति ? भारतिय मिडियाले निकालेकाे प्लेइङ ११

फाईनलमा सन्दीपकाे सम्भावना कति ? भारतिय मिडियाले निकालेकाे प्लेइङ ११

काठमाडौं: युएइमा जारी इन्डियन प्रिमियर लिग आईपीएलकाे १३ औं अन्तर्गत मंगलबार (आज) फाइनलमा दिल्ली क्यापिटल्सले साविककाे विजेता च्याम्पियन मुम्बई इन्डियन्सकाे सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार राति पौने ८ बजे युएईको दुबई हुनेछ। आईपीएलकाे १३ औं संस्करण चलिरहदाँ पहिलाे पटक फाइनलमा पुगेकाे दिल्ली क्यापिटल्सलाइ इतिहास रच्ने सुनाैलाे माैका समेत रहेकाे छ । यता आईपीएल इतिहासमै सर्वाधिक ४ पटकको च्याम्पियन बनेकाे टिम मुम्बई भने पाँचाै पटक उपाधी कब्जा गर्ने दाउँमा हुनेछ । मुम्बईसंग जारी संस्करणमा बेहाेरेका तिन हारकाे दिल्लीलाई आज बदला लिने माैका समेत हुनेछ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्लीले आज पनि प्लेइङ ११ मा खेलाउने सम्भावना निकै कम रहेकाे छ । इण्डियान ब्याटिङ लाइन रहेकाे दिल्लीकाे टिममा पछिल्ला केहि खेललाई हेर्ने हाे भने  शिखर धवनबाहेक अन्य ब्याट्सम्यानकाे प्रदर्शन सम्झिन लायक नहरेकाले शिमरोन हेटमायरले निरन्तरता पाउने देखिन्छ । यसले गर्दा प्लेइङ ११ मा बिदेशी काेटा पुरा हुने भएकाले पनि सन्दीपकाे आइपिएल यात्रा २०२० बेन्चमै रहेर सकिने अनुमान गर्न सकिन्छ ।

क्रिकइन्फोले अनुमान गरेको मुम्बईको प्लेइङ-११ : क्विन्टन डिकक, रोहित शर्मा (कप्तान), इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, किरण पोलार्ड, कृणाल पांड्या, राहुल चहर, नाथनकुल्टर नाइल, जेम्स प्याटिन्सन/ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह ।

क्रिकइन्फोले अनुमान गरेको दिल्लीको प्लेइङ- ११ : शिखर धवन, मार्कस स्टोइनिस, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, अक्क्षर पटेल, हर्षल पटेल/प्रवीण दुबे, शिमरोन हेटमायर, कागिसो रबाडा, रविचन्द्रन अश्विन र एनरिच नोर्टजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *