नेहा र रोहनप्रीत हनिमुनका लागि दुबई पुगे , यसरी सजाइएको छ विशेष कोठा (भिडियो)

नेहा र रोहनप्रीत हनिमुनका लागि दुबई पुगे , यसरी सजाइएको छ विशेष कोठा (भिडियो)

गायिका नेहा कक्कर र रोहनप्रीतको बिहे निकै चर्चामा रह्यो। उनीहरूको बिहे २४ अक्टोबरदेखि शुरू भएको थियो। दुबैको प्रेम कहानीदेखि बिहेको प्रत्येक परिपाटीले सामाजिक सञ्जाल ततायो। बिहेका धेरैजसो फोटो नेहाले नै सामाजिक सञ्जालमा राखेकी थिइन्। नेहाको बिहेलाई यस वर्षकै सबैभन्दा चर्चित बिहे भनिएको छ।

बिहेपछि नेहा र रोहनप्रीत हनिमुनका लागि निस्केका छन्। यी दुबै हनिमुन मनाउन दुबई पुगेको भारतीय मिडियाले बताएका छन् । जुन होटेलमा नेहा र रोहनप्रीत बस्ने छन्, त्यस होटेल तथा उनीहरूको विशेष सजाइएको कोठाको भिडियो यतिबेला बाहिरिएको छ।

होटलको तर्फबाट यो जोडीको कोठा विशेष तरिकाले सजाइएको छ। फुलैफुलले सजाइएको सो कोठा निकै नै सुन्दर देखिएको छ। हेरौँ भिडियो-

Leave a Reply