कोरोनाको कहरमा पनि सरकारले जनताको सुरक्षा गर्न सकेन : सभापति स्वार

कोरोनाको कहरमा पनि सरकारले जनताको सुरक्षा गर्न सकेन : सभापति स्वार

अछाम : नेपाल दलित संघ साँफेबगर नगर कार्यसमितिको आयोजनाका दशै तिहार तथा छठ पर्बको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

दलितसंघका नगर सभापति तुले भुलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमख अतिथि जिल्ला पार्टी सभापति भरत कुमार स्वार, बिशिष्ट अतिथि सुदुरपश्चीम प्रदेश सभा सदस्य टेक बहादुर रैका र अम्बी थापा रहनु भएको थियो।

कार्यक्रममा पुर्ब जिल्ला पार्टी सभापति पुष्प शाह, पुर्ब महासििमत सदस्य टिकाराम खनाल, महासमिति सदस्य गणेश बिष्ट, बल बहादुर कुवर, देवराज देवकोटा, जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुँवर, धनगढी उपमहानगरपालिकाका प्रमुख निर्प वड, जिल्ला पार्टी उपसभापति चन्द्र ढुगानाअथिति रहेका थिए।

कार्यक्रम बोल्दै प्रमुख अतिथि सभापति स्वाँरले दशै तिहारको शुभकामना दिनु हुदैउनले अहिले आम नागरिकले सुख शान्ती र सुरक्षित तरिकाले बस्ने बातावरण नभएको बताएका छन् । सभापति स्वारले कम्न्युष्टको दुई तिहारको सरकार आईसकेपछि ह’त्या हि’सा बला’त्कार जस्ता घटनाहरु बढिरहेकोले आम नागरिकले असुरक्षाको महसुस गरिरहेको भन्दै चिन्ता ब्यक्त गरे।

अहिलेको सरकार कोरोना कहरका बेला पनी नागरिकको जिउ धनको सुरक्षा गर्न छोडेर आफ्नै आन्तरिक पार्टीको कलहमा लाग्नु दुखद भएको बताए । कार्यक्रमका बिशिष्ट अतिथि माननिय टेक बहादुर रैकाले कम्युनिष्टले सर्बहारा बिपन्नको पार्टी भनेर नारा लगाउने तर दलित महिला जनजाती जस्ता पिछडिएका बर्गलाई अझै पछाडि पार्ने काम गरेको बताए ।

उहाले दलित, महिला र जनजाती आयोग जस्तालाई अलपत्र पार्ने काम गरेको र कम्युनिष्ट सरकार अहिलेको संघीय सरचनालाई ध्वस्त पार्न लागी परेको समेत दाबी गरे। कार्यक्रममा अतिथिहरुमा जिल्ला पार्टी सचिब नम बहादुर शाही, पुर्ब जिल्ला पार्टी सचिब टेक बहादुर कँुवर,राम बहादुर शाही, पुर्ब महाधिबेशन प्रतिनिधि तिलक बहादुर खत्री,अर्जुन ताम्राकार,बान्नीगढी गाउँपालिका अध्यक्ष राजेन्द्र खड्का, जिल्ला कार्यसमिति सदस्य कालु सि कुँवर,सुरत कुवर,लक्ष्मी शाह, प्रेस युनियनका केन्द्रिय सदस्य तथा जिल्ला कार्यसमिति सदस्य राम बहादुर कँुवर, अछाम काठमाण्डौ सम्पर्क समितिका उपाध्यक्ष भक्त ठकुल्ला, नेबी संघका केन्द्रिय सदस्य चन्द्र बिक नेबी संघको जिल्ला अध्यक्ष निर्प साउद,क्षेत्रिय सभापति कृष्ण बुढा,प्रदेश ख का संयोजनक डम्मर स्वार लगायतकारहेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य दलत संघका जिल्ला उपाध्यक्ष नैन सि थलारीले राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन चन्द्र बिकले गर्नु भएको थियो ।

Leave a Reply