भारतीयमुलकि कमला बनिन् अमेरिकाको प्रथम अश्वेत महिला उपराष्ट्रपति

भारतीयमुलकि कमला बनिन् अमेरिकाको प्रथम अश्वेत महिला उपराष्ट्रपति

दक्षिण एसियामूलकी कमला ह्यारिस अमेरिकी उपराष्ट्रपति बनेकी छिन् । उनी अमेरिकाको अहिलेसम्मकै इतिहाँसमा प्रथम अश्वेत तथा दक्षिण एसियामूलकी महिला उपराष्ट्रपतिसमेत भएकी छन् ।

डेमोक्रेटिकबाट उपराष्ट्रपतिका  उम्मेदवार कमला राष्ट्रपति जो बाइेडनसँगै विजयी भएकि हुन्   । पेन्सिलभेनियामा डेमोक्रेटिक पार्टी विजयी हुने तय भएसँगै राष्ट्रपति–उपराष्ट्रपति चयन हुनका लागि आवश्यक २ सय ७० मत उनीहरुको पक्षमा पुुग्ने पक्कापक्की भएको हो ।

ह्यारिसले सन् २०१७ देखि सिनेटरको रूपमा क्यालिफोर्नियाको नेतृत्व गर्दै आएकी थिइन्। उनी जमैकन र भारतीय आप्रवासीकी सन्तान हुन्। ह्यारिस अमेरिकी इतिहासमा प्रथम इन्डियन-अमेरिकी र दोस्रो अश्वेत महिला सिनेटरसमेत हुन् ।

यसअघि अमेरिकामा दुई पटकमात्र महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएको थियो । सन् २००८ मा रिपब्लिकन पार्टीले सारा पेलिनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो । त्यस्तै, सन् १९८४ मा डेमोक्रेटिक पार्टीले गिरालडिन फेरारोलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो । यद्यपि दुवैले निर्वाचन भने जित्न सकेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *