नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीको बधाई

नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिनुभएको छ ।

बुधबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई उहाँहरुको जित अमेरिकाको इतिहासमा एक प्रभावकारी र ऐतिहासिक भन्दै त्यसका लागि पनि बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँहरुको जितले नेपाल अमेरिका सम्बन्ध थप सुमधुर बन्ने अपेक्षा गर्दै उहाँहरुसँग नेपालले अझै नजिक रहेर काम गर्ने र सम्बन्ध थप विस्तार गर्ने अवसर प्राप्त गर्ने सो बधाई सन्देशमा उहाँले भन्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *