ट्रम्पलाई हराउँदै जो बाइडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति

ट्रम्पलाई हराउँदै जो बाइडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति

काठमाडौँ: जो बाइडेन निर्वाचित अमेरिकाको ४६ औं राष्ट्रपति बनेका छन । गत मंगलबार भएको ४६ औँ अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिकका तर्फका उम्मदेवार बाइडेनले विजयी भएका हुन् ।

याेसँगै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछाडी पार्दै  बाइडेन मेरिकाको ४६ औं राष्ट्रपति बनेका छन ।

पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्।

सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन कुनैपनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो।

Leave a Reply