आईपीएल: हैदराबाद र दिल्ली फाइनलका लागि भिड्दै, सन्दीपले पाउलान् त मौका ?

आईपीएल: हैदराबाद र दिल्ली फाइनलका लागि भिड्दै, सन्दीपले पाउलान् त मौका ?

यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत दोस्रो क्वालिफायरमा भोलि दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ । फाइनल प्रवेशका लागि हुने यो म्याच नेपाली समयका अनुसार साँझ ७ः१५ बजेदेखि अबुधाबीमा सुरु हुनेछ ।

हालसम्म आईपीएलको फाइनलमा पुग्न नसकेको दिल्ली हैदराबादविरुद्ध सकेसम्मको बल प्रयोग गर्नेछ । पहिलो क्वालिफायरमा मुम्बईविरुद्ध हारेको दिल्ली हैदराबादविरुद्ध गल्ती नदोर्‍याउने लक्ष्यमा हुनेछ ।

जारी सिजनको लिग चरणमा दिल्लीले १४ मध्ये ८ खेलमा जित र ६ खेलमा हारको सामना गरेको थियो । दिल्ली १६ अंकका साथ शीर्ष दुईमा रहँदै क्वालिफायर वानमा प्रवेश गरेको थियो । तर, क्वालिफायर वानमा मुम्बई इण्डियन्सविरुद्ध पराजित भए पनि दिल्ली इलिमिनेटरमा विजेता बनेको हैदराबादसँग फेरि क्वालिफायर म्याच खेल्न लागेको हो ।

हैदराबादले आईपीएल २०२० मा लिग चरणका १४ मध्ये समान सातमा र सातमा जित हासिल गरेको थियो । हैदराबाद १४ अंकका साथ प्लेअफमा प्रवेश गरेको थियो । इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई हराउँदै क्वालिफायर टुमा पुगेको हैदराबाद पछिल्लो समय लयमा देखिएको छ ।

सुरुवात म्याचमा लय नदेखाएको हैदाबादले पछिल्ला चार खेलमा भने लगातार जित हासिल गरेको छ । लिग चरणका दुबै खेलमा हैदराबादविरुद्ध दिल्ली पराजित भएको थियो ।

दिल्लीले सुरुवात म्याचमा राम्रो प्रदर्शन गरे पनि फाइनल पुग्ने बेला भने खराब लय देखाएको छ । उसले पछिल्ला ६ खेलमध्ये एक म्याचमा मात्र जित हासिल गर्न सफल भएको छ ।

दिल्लीको सम्भावित प्लेइङ-११ : शिखर धवन, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), शिमरोन हेटमायर/सन्दीप लामिछाने, ऋषभ पन्त, मार्कस स्टोइनिस, हर्षल पटेल, अक्क्षर पटेल, कागिसो रबाडा, रविचन्द्रन आश्विन र एनरिक नोर्टजे ।

हैदराबादको सम्भावित प्लेइङ-११ : डेविड वार्नर (कप्तान), श्रीवत्स गोस्वामी, मनीष पाण्डे, केन विलियम्सन, प्रियाम गर्ग, जेसन होल्डर, अब्दुल सामद, राशिद खान, शहबाज नदीम, सन्दीप शर्मा र थांगारासु नटराजन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *