जन्मदिनको अवसरमा बीमा उपहार

जन्मदिनको अवसरमा बीमा उपहार

अछाम :आईएमई लाईफ इन्स्योरेन्स कम्पनी अछाम  शाखामा अभिकर्ताका रुपमा कार्यरत एवम् कमलबजार नगरपालिका नगर उपप्रमुख भुमिशरण बजगाइ ढकालले आफ्नो छोरिको जन्मदिनको अवसर पारी बीमा उपहार प्रदान गर्नुभएको छ ।

छोरी हेलेन बजगाईको जन्म दिनको अबसरमा मिति २०७७/७/२२ गते बिमान्क रकमर रु. ५०००००/ को जिबन बिमा गराएकी हुन् ।

बीमामा जनचेतना अभिवृद्धि हुदै गएको वर्तमान स्थितिमा उहाँले यस्तो निर्णय लिनु सान्दर्भिक रहको देखिन्छ ।

बिकसित मलुकहरुमा बीमा सबैको जीवनमा अभिन्न अंग भैसकेको थाहा पाएर नै आफूले छोरीको जन्मदिन पारी बीमा उपहार दिएकोमा खुशी व्यक्त गरिन ।

मानव जीवनमा विपत्ति वा जाखिमका थुप्रै सम्भावना आउन सक्छन्, व्यक्तिगत दुर्घटना भई क्षति हुन सक्छ, यसरी अनिश्चित जोखिम बीमा कम्पनीमा हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम बीमा भएको बताउँदै अछाम  शाखा प्रमुख महेश प्रसाद जैसिले समाजमा उल्लेख्नीय कार्य गरेको वताए ।

Leave a Reply