युवा सजगता अभियानले सदस्यबाट ३० रुपैया उठाएर आविष्कार केन्द्रलाई सहयोग

युवा सजगता अभियानले सदस्यबाट ३० रुपैया उठाएर आविष्कार केन्द्रलाई सहयोग

चिन्तन पौडेल नेतृत्वको युवा सजगता अभियानले आफ्ना सदस्यबाट ३० रुपैयाका दरले उठाएर महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ ।

युवा सजगता अभियानले युवा सजगता अभियानको पालो रु ३० को सहयोगमा हातेमालो अभियानसंग जोडिने हरेक सदस्यबाट एकवर्षसम्म आविष्कार केन्द्रलाई सहयोग गर्न रु ३० सहयोग जुटाउने निर्णय गरेको हो ।

सामाजिक विकासबाट नै राष्ट्रको उन्नती संभव छ भन्ने अभियानको सोच रहेको भन्दै अभियानका अध्यक्ष चिन्तन पौडेलले अभियानमा हालसम्म जोडिएका ३ सय ४० जना सदस्यहरुबाट उठेको १० हजार २ सय रुपैया आविष्कार केन्द्रको खातामा जम्मा गरेको विज्ञप्ती मार्फत जानकारी गराएका छन्।

Leave a Reply