शुभचिन्तकलाई गजुरेलको सन्देश ‘म निकाे हुँदैछु’

शुभचिन्तकलाई गजुरेलको सन्देश ‘म निकाे हुँदैछु’

काठमाडौँ :  कोरोनाबाट संक्रमित भएका हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्यअवस्थामा सुधार आएको छ ।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत कलाकार गजुरेलले आफ्नो स्वास्थ्यमा दिनप्रतिदिन सुधार हुँदै आएको जानकारी गराएका हुन् ।

आफूलाई स्वास्थ्य लाभको कामना गर्नुहुने सबैलाई धन्यावाद दिँदै उनले लेखेका छन्, ‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद ।’

Leave a Reply